पर्यटन

'टेनएक्स' क्लबले असोज २९ मा दोस्रो 'एनिभर्सरी' मनाउँदै

इकागज |
असोज २१, २०८० आइतबार १९:१४ बजे

काठमाडौँ- क्लब टेन एक्सले दोस्रो एनिभर्सरी मनाउने भएको छ । असोज २९ गते सोमबार ( अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले दोस्रो एनिभर्सरी मनाउने भएको हो ।

वार्षिकोत्सवमा अन्तर्राष्ट्रिय डिजे ओला रासको प्रस्तुती हुनेछ । ओला विश्वकै महिला डिजेको ५० औ र्‍यांकिङमा रहेकी छन् । त्यसैगरी जेनसीस ब्याण्डकोसमेत प्रस्तुती रहने छ ।


दोस्रो वार्षिकोत्सवको होस्ट पुर्व मिस नेपाल माल्भिका सुब्बा र ध्रुव बुढाथोकीले गर्ने भएका क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए ।

पहिलो जस्तै दोस्रो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको उनले बताए ।

दुई वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ ।

‘ दुई वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

अक्टोबर १६ र १७, असोज ३० र ३१ गते दुई दिन क्लबले वार्षिकोत्सव मनाएको थियो ।

नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बूले प्रस्तुती दिएका थिए ।


Author

थप समाचार
x