पर्यटन

नेपालमा कुन-कुन कम्पनीका कति वटा हेलिकोप्‍टरले सेवा दिन्छन ?

इकागज |
मंसिर २१, २०८० बिहीबार ११:४२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपालमा विभिन्‍न ११ वटा वायुसेवाको कम्पनीका हेलिकोप्टरले सेवा दिने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल ३८ वटा हेलिकोप्टरले सेवा दिइ रहेको छ ।

त्रिभुवन विमानस्थल र काठमाडौँ उपत्यका बाहिरका विभिन्न जिल्लाबाट हेलिकोप्टरले सेवा दिइरहेका छन् । त्रिभुवन विमानस्थल परिसरबाट २४ वटा हेलिकोप्टर र बाहिरी क्षेत्रबाट १४ वटा हेलिकोप्टरबाट सेवा दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।


नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट सिम्रिक एयरले ३ वटा र उपत्यका बाहिरबाट २ वटा हेलिकोप्टरले उडान भरिरहेको छ । एयर डेनसिटी हेली सर्भिसले त्रिभुवन विमानस्थलबाट ३ र काठमाडौँ उपत्यका बाहिरबाट १ हेलिकोप्टरले सुविधा दिने गरेको छ ।

त्यसैगरी माउन्टेन हेलिकोप्टरको दुई वटा हेलिकोप्टरले सेवा दिने गरेको छ । कैलाश हेलिकोप्टरको ३ वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेको छ ।

अल्टियुड एयरको दुई वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेका छन् । हेलि एभरेष्टको दुई वटा हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट सञ्चालनमा आएका छन् ।

फिस्टेल एयरको दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट र एउटा उपत्यका बाहिरबाट सञ्चालित रहेको प्राधिकरणले जानकारी दिएको छ ।

मनाङ एयरले दुई वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेका छन् । प्रभु हेलिकोप्टरले पोखराबाट २ र पोखरा बाहिरका विभिन्न जिल्ला गरी ४ वटाबाट सेवा सञ्चालन गरिरहेका छन् ।

मुस्ताङ एयरले पोखरा र काठमाडौँबाट एउटै हेलिकोप्टरले सेवा सञ्चालन गरिरहेका छन् । श्री एयरलाइन्सले काठमाडौँ, पोखरा र सुर्खेतबाट ३ वटा हेलिकोप्टरले सेवा सञ्चालन गरिरहेका छन् । त्यसैगरी विभिन्न जिल्लाका ५ वटा स्थानबाट सेवा सञ्चालन गरिहेका छन् ।


Author

थप समाचार
x