पर्यटन

हिमालयन एयरलाइन्सले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ गर्न पाउने, सर्वोच्चको परामादेश

इकागज |
माघ १२, २०८० शुक्रबार १८:२१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सर्वाेच्च आदालतले हिमालयन एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परामादेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले हिमालयन एयरलान्इसलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा शुक्रबार परमादेश जारी गरेको हो  ।

प्राधिकरणले २०७२ सालमा जारी गरेको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२’ मा हप्तामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था गरेको छ । सोही निर्देशिकाका आधारमा हिमालयन एयरलाइन्सले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न लाग्दा प्राधिकरणले रोकेपछि त्यस विरुद्ध अदालत गएको थियो । 


त्यसपछि हिमालयन एयरलाइन्स २०७९ फागुन ४ गते नागरिक उड्डयन प्राधिकरणविरुद्ध सर्वाेच्च अदालत गएका थिए । 


Author

थप समाचार
x