पर्यटन

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

इकागज |
चैत १३, २०८० मंगलबार १६:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँमा अवतरण गराएको हो । 

एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन-एओके र नाइनएन-एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।


दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले जानकारी दिए । योसँगै श्री एयरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । 

श्री एयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।

सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।


Author

थप समाचार
x