पर्यटन

श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण

इकागज |
चैत १५, २०८० बिहीबार ११:२४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवामा आपतकालीन अवतरण गरेकाे छ ।  धनगढीबाट काठमाडौँ उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे ।

जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे । काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे ।​ ८० सिट क्षमताको जहाजमा दुई बच्चासहित ७७ जना यात्रु सवार थिए।


काठमाडौँमा अवतरण गर्ने क्रममा माैसम बिग्रिएपछि आकाशमै हाेल्ड गरी भैरहवामा उतार्नुपरेकाे विमानस्थल स्राेतले बताएको छ ।


Author

थप समाचार
x