पर्यटन

प्राधिकरणले गर्‍यो प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड

इकागज |
जेठ ९, २०८१ बुधबार १७:३८ बजे

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथाको क्याम्प २ मा प्रभु हेलिकोप्टरले उडान गरेपछि पाइलटलाई रोक लगाएको छ । गत सोमबार अनुमतिबिना आधार शिविर भन्दा माथि हेलिकप्टर उडाएको आरोपमा प्राधिकरणले प्रभुको हेलिकोप्टरलाई सम्पूर्ण उडानमा कडाइ गरेर एक पाइलटलाई ग्राउण्डेड गरिदिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सोमबार बिहान निर्मल पुर्जाको विदेशी टिमलाई उद्धारका लागि हेलिकप्टर सगरमाथा आधार शिविरको क्याम्प २ मा पुगेको भएको छ ।


उनका अनुसार उद्धार उडानको लागि जान पाउने भए पनि पुर्जालाई लिएर गएको हेलिकोप्टरले अनुमति नलिएकोले प्रभुका सबै हेलिकोप्टरको उडानमा कडाइ गरिएको छ ।  प्रभुले गरेको मेडिकल उद्धार उडानको विषयमा थप अध्ययन भइरहेकोले अर्को सूचना नभएसम्मका लागि प्रभुले उद्धार उडानबाहेकका अरु कार्गो तथा यात्रु सेवाको उडान गर्नमा रोक लागेको छ ।

प्राधिकरणले प्रभु हेलिकोप्टरलाई स्पष्टीकरणहसहित निर्मल पुर्जालाई लिएर जाने क्याप्टेन गौचनलाईसमेत उडानमा रोक लगाउने निर्णय प्राधिकरणले गरेको छ ।

सगरमाथामा हेलिकप्टर उडान नगर्न सर्वोच्च अदालतले समेत वैशाख १४ मा आदेश दिएको छ । अधिवक्ता दीपक विक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेर आकस्मिक प्रयोजन बाहेक सगरमाथामा हेलिकप्टर उडान नगर्न नगराउन आदेश दिएको थियो ।


Author

थप समाचार
x