पर्यटन

सीता एयरको जहाजले ठक्कर दिँदा रारा विमानस्थलका कर्मचारी घाइते

इकागज |
जेठ १०, २०८१ बिहीबार १४:१६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् । बिहीबार नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल पुगेको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाज तर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले ठक्कर दिँदा टाउकोमा चोट लागेको हो ।


उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ ।


Author

थप समाचार
x