भूकम्पले भत्काएको ८ वर्षपछि भारतीय सहयोगमा लिस्ती गुम्बा पुनर्निर्माण सुरु
सिन्धुपाल्चोक– भूकम्पले भत्काएको भोटेकोसी गाउँपालिका–१ लिस्तीस्थित चार सय वर्ष पुरानो ज्याङ्तेर लिस्ती पावो गुम्बाको पुनः निर्माण हुने भएको छ । भारतीय सरकारको ९ करोड ८३ लाख अनुदानमा गुम्बाको पुनर्निर्माण गर्न लागिएको हो ।
भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको उक्त रकम सहरी विकास तथा भवन आयोजनाको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत खर्च गरिनेछ । उक्त गुम्बाको सिलान्यास भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पा, कार्यान्वयन इकाइका निर्देशक कोषनाथ अधिकारी, भारतीय दूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोना र कांग्रेस जिल्ला उपसभापति दोर्जे लामाले गत चैत ८ मा शिलान्यस गरेका थिए । निर्देश अधिकारीले गुम्बा २०८२ साल फागुना पूरा गर्ने लक्ष्य राखिएको छ । भूकम्प आउनु केही समय अघि स्थानीयको आर्थिक सहयोगमा बनाएको गुम्बा भत्केको थियो । भूकम्पले ध्वस्त बनाएका कारण पुनर्निर्माण हुन नसक्दा अलपत्र बनेको गुम्बाको सिलान्यासबाट स्थानीय खुशी भएका छन् ।
उपसभापति दोर्जेका अनुसार पुरातात्विक संरचनाको रुपमा रहेको उक्त गुम्बा निर्माणका लागि स्थानीयले लामो समयदेखि माग गर्दै आएका थिए । गाउँले निकै खुशी भएको दार्जेले बताए । उनले चन्दा उठाएर २ करोड भन्दा बढी खर्चेर बनाएको गुम्बा बनाउन अहिले भारतीय सहयोग प्राप्त भएको हो । वडाध्यक्ष राजु लामाका अनुसार लिस्ती गाउँका अधिकांश बुद्धधर्ममा विश्वास राख्नेहरु धेरै छन् ।
कार्यक्रममा आयोजना कार्यान्वयन इकाइका निर्देशक अधिकारीले भारतले भूकम्पपछि मुलकभरका सम्पदा पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर अनुदानको रुपमा उपलब्ध गराएको थियो । उक्त सहयोग अन्तर्गत रहेर उक्त गुम्बा निर्माण गरिएको हो ।
कार्यक्रममा दूतावासका द्धितीय सचिव सोनाले भारत–नेपालको धार्मिक र सांस्कृतिक समानताले सबैैलाई निकट बनाएको बताए । उनले रहेको गुम्बा निर्माणका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘भारतले नेपाल सरकारको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराए ।
भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दिछेन शेर्पा, क्रममा साविक लिस्ती गाविकासका पूर्व अध्यक्ष एवं समाजसेवी शम्भु शेर्पा, सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर दिपक शाहलगायतले मन्तव्य राखेका थिए । धर्मगुरुहरुले मन्त्रपाठ गरेर सुभारम्भ भएको सिलान्यास कार्यक्रममा स्थानीयको ठूलो उपस्थिति रहेको थियो । नेपाल–चीन सीमामा जोडिएको लिस्तीमा बनेको उक्त गुम्बा निर्माणले स्थानीय निकै खुशी भएका छन् ।
२०७२ सालको भूकम्पमा सिन्धुपाल्चोकमा धेरै धनजनको क्षति भएको थियो । जिल्लाको हेलम्बु, पाँचापोखरी थाङपाल, इन्द्रावती भोटेकोसी, लिसंखु पाखर गाउँपालिकामा सयौं गुम्बा रहेको छ । निर्देशक अधिकारीले सिन्धुमा ७ वटा गुम्बा निर्माणको योजना रहेको जानकारी दिए । उनका अनुसार मुलुकभर २८ वटा गुम्बा निर्माणाधिन अवस्थस्थामा रहेको छ ।
पाँचपोेखरीका अध्यक्ष टासी लामाले आफ्नो पालिकामा ३९ गुम्बा रहेको बताए । उनका अनुसार उक्त पालिकामा एक सय वर्ष नाघेका १७ वटा गुम्बा छन् । जिल्लाका अधिकांश गुम्बा बजेटको अभावमा निर्माण भएको छैन ।
स्थानीय अगुवा छिरिङ लामाका अनुसार हेलम्बुमा ५२ वटा गुम्बा छन् । ति मध्ये भूकम्पमा ४३ वटा भत्किएको थियो । ति अधिकांश पुनर्निर्माण भएको छैन । इन्द्रावती गाउँपालिकामा एक वटा गुम्बा पुनर्निर्माण भइसकेको छ ।
खासगरी आर्थिक अभावका कारण सरकारले गुम्बा निर्माणका लागि सहयोग गर्न सकेको छैन । निर्देशक अधिकारीले सुरुमा आवास निर्माण, खानेपानी, स्कुल, सार्वजनिक भवन पछि मठमन्दिर र गुम्बाहरू बनाउने योजना सरकारले बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया