ठमेलमा होली हंगामा हुँदै

काठमाडौँ- यस वर्ष पनि रंगहरूको चाँड होलीको अवसरमा ठमेलमा होली हंगामा ‘सिजन टु’ हुने भएको छ । बिहीबार थ्री सिक्स्टी फाइभको इभेन्टको आयोजनामा ठमेलको होटल वैशाली अगाडि तथा टेन एक्सको पार्किङ जेड स्ट्रीटमा विभिन्न कलाकारको प्रस्तुतीसहित होली हंगामा हुने भएको हो ।
विगतमा जस्तै यस वर्ष सांगितिक कार्यक्रमसहित होली मनाउन लागिएको थ्री सिक्स्टी फाइभमा निर्देशक नारायण आचार्यले जानकारी दिए । प्रवेश एक हजार रहेको र प्रवेश गर्नेलाई कम्प्लेन्ट्रीसहित पास उपलब्ध गराउने उनले बताए ।
उनका अनुसार डिजे सिसन, डिजे जेनिएक्स, डिजे नेहा र डीजे करिम लगायत अन्यको प्रस्तुति रहनेछ । १२ बजेबाट होली हंगामा सुरु हुनेछ ।
संगीतका साथ लाइभ फूड स्टल र लाइभ बार काउन्टर रहने निर्देशक आचार्यले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया