महिला सशक्तिकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान
खोटाङ - खोटाङका चार किशोरीले महिलाको सशक्तिकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् ।
जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवं महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया ‘सुनाखरी’ निर्मला आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १९ वर्षीया सुलोचना आचार्य, नेर्पाकी २० वर्षीया यशोदा रिजाल र ऐंसेलुखर्क गाउँपालिकाकी २१ वर्षीया रोजिना दमाईले लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका हुन् ।
महिलामाथि हुने सामाजिक विभेद एवं हिंसाको न्यूनीकरणका लागि चार युवतीले ‘म छोरी हो तर कमजोरी होइन’ नामक समुह बनाएर १९ मंसिरदेखि कालिका मावि नेर्पाबाट अभियान थालेका हुन् ।
हप्ता दिन वा १५ दिनको अन्तरालमा विभिन्न विद्यालय वा गाउँमा भेला गरेर महिलाको सशक्तीकरणका सवालमा निरन्तर अभियान सञ्चालन गरिने समुहकी ‘सुनाखरी’ निर्मला आचार्यले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया