विश्व

क्यानडामा ३० हजार वर्ष पुरानो म्यामोथ फेला

इकागज |
असार १२, २०७९ आइतवार ८:२२ बजे

ओटाबा - उत्तर–पश्चिमी क्यानडामा जमेको अवस्थामा एउटा वुली म्यामोथ फेला परेको छ । सो म्यामोथ ३० हजार वर्षभन्दा पुरानो भएको विश्वास गरिएको छ । उक्त म्यामोथलाई मंगलबार युकोनको क्लोन्डाइक क्षेत्रमा सुन खानीहरूले फेला पारेका थिए । बुली म्यामोथ हात्ती  प्रजातिको प्राणी हो । यसको लामो सुँड हुन्छ । 

युकोन सरकारले यसलाई सन् २००७ मा साइबेरियामा रसियाले फेला परेको बच्चा म्यामथसँग तुलना गरेको छ । उक्त पोथी बच्चाको नाम नुन चो गा राखिएको छ, जसको अर्थ उक्त क्षेत्रका मूल अमेरिकीहरूले बोल्ने हान भाषामा ‘ठूलो बच्चा जनावर’ हो ।


‘नन चो गा सुन्दर छ र संसारमा फेला परेको सबैभन्दा अविश्वसनीय ममीफाइड हिमयुग जनावरमध्ये एक हो’, युकोनका जीवाश्मविद ग्रान्ट जाजुलाले भने ।

‘यो सन् २००७ मा फेला परेको साइबेरियन बेबी ल्युबा जत्तिकै आकारको छ,जुन  ४२ हजार वर्ष पुरानो थियो’, युकोन सरकारले एक प्रेस विज्ञप्तिमा भन्यो । एजेन्सी


Author

थप समाचार
x