विश्व

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

इकागज |
मंसिर १५, २०७९ बिहिवार ९:३७ बजे

किभ- युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । 

दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ । 
बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ ।  खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धी प्राप्त गरेको छ ।


रुसी भाडाका सैनिकहरु र  भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ । एजेन्सी
 


Author

थप समाचार
x