विश्व

फिनल्याण्डले चार देशबाट कामदार लैजाने

इकागज |
मंसिर १६, २०७९ शुक्रवार ६:५९ बजे

हेलसिन्की- फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा श्रम मन्त्रालयले विशेष गरी ती देशलाई लक्षित श्रमिक आपूर्ति गर्ने राष्ट्रका रुपमा परिभाषित गरेको छ । 

फिनल्याण्डले भारत, भियतनाम, टर्की र ब्राजिलमा प्रतिभावान सल्लाहकार पठाएर देशका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति प्राप्तिका निम्ति साझेदारी गर्ने श्रम मन्त्रालयका आप्रवासन निर्देशक सोन्जा हमलानेनले पत्रकार सम्मेलनमा बताइन् । आगामी दश वर्षमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने १० प्रतिशत श्रमशक्ति अन्तर्राष्ट्रिय भर्तीबाट पूर्ति गर्नुपर्ने बताउँदै उनले ती देशका आप्रवासी कामदारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् । 


फिनल्याण्डको श्रम ऐनअनुसार एकजना विदेशी कामदारले पति वा पत्नीसहित दुई नाबालिग ल्याउन सक्छन् तर पति वा पत्नीको मासिक आम्दानी कम्तीमा दुई हजार छ सय युरो हुनुपर्नेछ । (सिन्ह्वा)


Author

थप समाचार
x