विश्व

पाँच वटा सवारीसाधन ठोक्किँदा १६ को मृत्यु, ६६ जना घाइते

इकागज |
माघ २२, २०७९ आइतबार २०:४३ बजे

फाइल फोटो

चाङ्सा - मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ । 

उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ ।
 



Author

थप समाचार
x