विश्व

बेलायतले युक्रेन युद्धलाई सशक्त पार्न थप सैन्य सहयोग गर्ने

इकागज |
माघ २५, २०७९ बुधबार १८:४१ बजे

फाइल फोटो

लण्डन - बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘यस वर्ष’ युद्धभूमिमा निर्णायक सैन्य विजय सुनिश्चित गर्न बेलायतले युक्रेनलाई दिएको सहयोगलाई जारी राख्ने बताएको छ ।

“रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई कुनै पनि तरिकाले सफल भएको देख्न सकिँदैन र यसैकारण हामीले युक्रेनका लागि सैन्य रूपमा हाम्रो समर्थन बढाएका छौं,” सुनकले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा संसदलाई सम्बोधन गर्नुअघि भने। 


सुनकले मुख्य विपक्षी लेबर पार्टीका नेता केइर स्टार्मरसँग मिलेर भ्लादिमिर पुटिनको अकारण आक्रमणलाई परास्त नगरेसम्म बेलायत युक्रेनसँग एकताबद्ध भएर उभिने र युक्रेनको विजयी मात्र नभई त्यहाँका जनतामा शान्ति कायम गर्ने कुरा सुनिश्चित गर्ने बताए । 

करिब एक वर्षअघि रुसको आक्रमण सुरु भएयता जेलेन्स्की आफ्नो दोस्रो विदेश भ्रमणका लागि बुधबार बेलायत आइपुगेका थिए । 

सामान्य हरियो पहिरनमा सजिएका जेलेन्स्कीलाई लण्डनको उत्तरमा रहेको स्टानस्टेड विमानस्थलमा सैन्य यातायातको विमानमा ओर्लेपछि सुनकले न्यानो स्वागत गरेका थिए । 

जेलेन्स्किीले बुधबार नै राजा चाल्र्स तृतीयसँग पनि कुराकानी गने कार्यक्रम तय गरिएको छ । 
 


Author

थप समाचार
x