विश्व

अष्ट्रेलियाले अमेरिकासँग क्षेप्यास्त्र पनि खरिद गर्ने

इकागज |
चैत ४, २०७९ शनिवार ९:४५ बजे

काठमाडौँ- अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ ।

अष्ट्रेलियाले अमेरिकासँग करिब ९० करोड डलर बराबरका तोमाहक क्षेप्यास्त्र किन्न लागेको 


अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

अमेरिकी संसद्‌ले उक्त प्रस्ताव अनुमोदन गरेपछि अष्ट्रेलियाललाइ क्षेप्यास्त्र बिक्री गर्न ढोका खुलेको छ । 

गत साता भएको औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्न लागेको पन्डुब्बीमा प्रयोग गर्नका लागि ति क्षेप्यास्त्र खरिद गर्न लागेको हो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो समुन्द्र किनारा भन्दा पर पुग्ने बताए ।

उनका अनुसार पनडुब्बी र क्षेपास्त्र खरिद पछि अष्ट्रेलियाले आफूलाई सुरक्षित राख्न लागि सक्षम हुनेछ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि क्रुज क्षेप्यास्त्र पाए पछि अष्ट्रेलिया अमेरिकी रक्षा प्रणालीसँग जोडिने जनाएको छ ।

गत सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच औकस सुरक्षा रणनीति सम्बन्धि सम्झौता भएको थियो । जस अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ३ वटा पन्डुब्बी खरिद गर्ने निर्णय लिएको थियो ।


Author

थप समाचार
x