विश्व

अबैध आप्रावासीलाई बेलायतमा कडाई, अब पानी जहाजमा राखिने

इकागज |
जेठ २३, २०८० मगलवार ७:८ बजे

लण्डन- बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ ।

जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छ्न । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अबैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन् । 


त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए । साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अबैद्य आप्राबासीलाई राख्न सकिनेछ ।

अवैध आप्रवासी रोक्ने विधेयक संसद्‌बाट पारित भएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूलाई अब जहाजमा राखिने जानकारी दिएका हुन् । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने । 

सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ । 


Author

थप समाचार
x