विश्व

भाजपाले चुनाव जिते हैदरावादको नाम फेरेर 'भाग्यनगर' राख्छौं : मुख्यमन्त्री योगी आदित्यनाथ

इकागज |
मंसिर ११, २०८० सोमबार ७:२४ बजे

फाइल तस्बिर

हैदरावाद- उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाईंमा प्रवेश गरेका छन् । 

हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् । 


महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई सचेत गराउन र महबुबनगरलाई पलामुरुको रूपमा पुनः स्थापना गर्न तेलंगाना आएकोसमेत बताए ।

तेलंगानाको कुमारम भीम आसिफाबाद जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथले तेलंगानामा बीजेपी सत्तामा आएमा भने हैदरावादको नाम बदलेर भाग्यनगर राख्ने प्रतिबद्धता जनाएका छन् ।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि तेलंगानामा सत्तामा आएको ३० मिनेटभित्र भाजपाले हैदरावादको नाम परिवर्तन गरेर भाग्यनगर गर्ने बताएका थिए।
 


Author

थप समाचार
x