विश्व

अक्टोबर ७ मा पक्राउ परेका तीन सैनिक मारिएको इजरायलद्वारा पुष्टि

इकागज |
मंसिर १४, २०८० बिहीबार ७:२४ बजे

फाइल तस्बिर

इजरायल- हमासले बन्दी बनाएको ठानिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको इजरायली रक्षा बल (आइडीएफ) ले बुधबार जनाएको छ । 

आइडीएफका अनुसार उनीहरूको शव हमासले गाजा लगेको थियो ।


आईडीएफ प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेपछि पहिलो सार्जेन्ट टोमेर याकोभ अहिमास (२०), सार्जेन्ट किरिल ब्रोडस्की (१९) र सार्जेन्ट शाकद दहन (१९) लाई आधिकारिक रूपमा मृत घोषित गरिएको हो । (एएनआई)


Author

थप समाचार
x