विश्व

मणिपुरको पञ्जाब बैंकमा ठूलो डकैती, १८ करोड​ बढी लुटेर लुटेरा फरार

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:४९ बजे

मणिपुर- मणिपुरमा अहिलेसम्मकै ठूलो डकैती भएको छ । 

उखुरुल जिल्लाको पञ्जाब बैंकबाट डाँकाको समूहले बन्दुक देखाएर १८ करोड रुपैयाँभन्दा बढी लुटपाट गरेको छ । यो घटना बिहीबार साँझको हो । प्रहरीले लुटेराहरूको खोजी गरिरहेको छ  भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।


सामाजिक सञ्जालमा लुटपाटको सीसीटीभी फुटेज बाहिर आएको छ । जसमा बैंकबाट लुटेराहरूले हतियारसहित चोरी गरेको देखिन्छ ।

मणिपुरको उखरुल जिल्लामा रहेको पञ्जाब बैंकबाट नकावधारी डाँकाहरूकाे समूहले बन्दुक देखाएर १८.८० करोड रुपैयाँ लुटेको प्रहरीले शुक्रबार बताएको छ । पञ्जाब नेशनल बैंकको यस शाखामा भारतीय रिजर्व बैंकले बैंक र एटीएमहरूका लागि नगद स्टक गर्द छ । 

बिहीबार साँझ राज्यको राजधानी इम्फालबाट करिब ८० किलोमिटर टाढा रहेको उखुरुल सहरमा रहेको बैंकमा हतियारधारी लुटेराहरूले सुरक्षाकर्मीलाई हानेर कर्मचारीलाई धम्की दिएर तिजोरीबाट पैसा लुटेका थिए ।

अधिकारीहरूका अनुसार केही बदमासहरूले क्यामोफ्लाज बर्दी लगाएका थिए । उनीहरूले कर्मचारी र सुरक्षाकर्मीलाई बैंकको शौचालयभित्र बन्द गरेर ताला लगाएका थिए । त्यसपछि एक वरिष्ठ कर्मचारीलाई बन्दुक देखाएर सेफ खोल्न लगाएर लुटेराले पैसा लुटेका थिए । उखुरुल प्रहरी चौकीमा उजुरी परेको छ । प्रहरीले अपराधी पत्ता लगाउन सीसीटिभी फुटेजको जाँच सुरु गरेको जनाएकाे छ । एजेन्सी


Author

थप समाचार
x