विश्व

हमासले भन्याे : गाजामा मृत्यु हुनेको संख्या २ सय ४० पुग्यो

इकागज |
मंसिर १६, २०८० शनिबार १८:३७ बजे

गाजा स्ट्रिप-​ गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।

सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन् ।'


हमास सरकारका अनुसार इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्दै दर्जनौं घरहरू ध्वस्त पारेको छ ।  गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । एएफपी


Author

थप समाचार
x