विश्व

अमेरिकी आक्रमणको तयारी गरिरहेका पाँच जना इराकीको मृत्यु

इकागज |
मंसिर १८, २०८० सोमबार १०:३३ बजे

सांकेतिक तस्बिर

बग्दाद- अमेरिकी आक्रमणको तयारीमा गरिरहेका पाँच जना इराकीको मृत्यु भएको छ । 

उत्तरी सहर किर्कुक नजिकै अमेरिकी सेनामा विस्फोटक प्रक्षेपण प्रहार गर्ने तयारीमा रहेका बेला अमेरिकी हवाई आक्रमणमा पाँच इराकी लडाकू मारिएका हुन् । 


रोयटर्सका अनुसार तीन इराकी सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै छापा मारेको पुष्टि गरेको छ र मारिएकाहरू इरान समर्थित मिलिशियाका सदस्यहरू हुन्। एक अमेरिकी सैन्य अधिकारीले किर्कुक नजिकैको ड्रोन स्टेजिङ साइटलाई लक्षित गर्ने आकस्मिक खतरामा ‘आत्मरक्षा स्ट्राइक’ को पुष्टि गरेका छन् ।

इराकमा इस्लामिक प्रतिरोध समुह र तेहरानसँग घनिष्ठ सम्बन्ध भएका धेरै इराकी सशस्त्र गुटहरूको प्रतिनिधित्व गर्ने छाता समूहले एक विज्ञप्तिमा भनेको छ कि यसका ५ सदस्यहरू मारिएका थिए । र, सो समुहले अमेरिकी सेनाहरू विरुद्ध बदला लिने वाचा गरेका छन् ।

इराकी सशस्त्र समूहहरूले गाजामा इजरायलको बमबारी गरे पछि हमला बढाएका छन् । इजरायललाई वाशिंगटनले समर्थनमा गरेपछि अक्टोबर १७ देखि अमेरिकी सम्पत्तिहरूविरुद्ध ७० भन्दा बढी यस्ता आक्रमण गरेको दावी गरेका छन्। (रोयटर्स)


Author

थप समाचार
x