विश्व

जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब वर्षमा ६ पटक काट्‌न सकिने

इकागज |
मंसिर २३, २०८० शनिबार १३:९ बजे

फाइल तस्बिर

बर्लिन- गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार पनि बनाइन्छ । 

त्यसैले विश्वले अधिकतम गहुँ उत्पादनमा जोड दिइरहेको छ । तर, युक्रेन युद्धको प्रारम्भिक दिनमा रुस–युक्रेनबाट गहुँको निर्यात रोकिए पछि विश्वभर खाद्यान्न संकट उत्पन्न भयो । जसले संसार भर गहुँ खाद्यान्नको अभाव भोग्नु पर्‍यो ।


जसका कारण अफ्रिकामा मात्र नभइ युरोपेली देशहरूमा पनि रोटी पाउन मुस्किल भएको थियो । त्यसोभए विकल्प के छ ? हामी सबैलाई थाहा छ कि गहुँ एक पटक छरिएको छ र यसको बाली ४ महिना पछि मात्र तयार हुन्छ। यो एक वर्षमा धेरै पटक बढ्न सक्दैन। तर जर्मन वैज्ञानिकहरूले वर्षमा ६ पटक काट्न सकिने गहुँको यस्तो प्रजाति उब्जाउँदै छन्। जुन खाधान्न संसारका लागि बम्पर प्रतिफल हुने देखिएको छ ।

जर्मनको म्युनिख सहरका अन्वेषकहरूले जलवायु कक्षभित्र गहुँ खेतीमा रोचक प्रयोग गरिरहेका छन् । ड्युचे वेलेको समाचार अनुसार विशेष प्रकारको गहुँ तयार गरेका छन्, जसले धेरै छिटो पाक्ने मात्र नभई वर्षमा ६ पटक बाली पनि उत्पादन गर्न सक्छ । वैज्ञानिकका अनुसार गहुँको यो विशेष जात १० हप्ता अर्थात् साढे दुई महिना अघि नै तयार हुनेछ । थप प्रकाशमा उत्पादन पनि उच्च हुनेछ ।

वैज्ञानिकका अनुसार लागतमा उल्लेख्य कमी आउने छ । तपाईंले एक पटकको लागतमा ६ गुणा फसल प्राप्त गर्न सक्षम हुनेछ । अर्थात् अहिले एक एकरमा २० क्विन्टल गहुँ उत्पादन गर्दै हुनुहुन्छ भने सोही जमिनमा १०० क्विन्टल गहुँ उत्पादन गर्न सकिन्छ । वैज्ञानिकहरूले यसको हरेक पक्षमा नजर राखिरहेका छन् । 

सामान्य खेतीपातीको तुलनामा पानीको खपत ९५ प्रतिशतले घट्ने गरी यस्तो प्रणाली तयार भइरहेको छ । म्युनिखको प्राविधिक विश्वविद्यालयको डिजिटल कृषिका अध्यक्षले यस परियोजनालाई आर्थिक सहयोग गरिरहेको छ ।


Author

थप समाचार
x