विश्व

राज्यसभामा सोनिया गान्धी निर्विरोध निर्वाचित

इकागज |
फागुन ९, २०८० बुधबार ७:२० बजे

नयाँ दिल्ली- भारतीय कंग्रेसकी पुर्वअध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्विरोध निर्वाचित भएकी छिन् । 

मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो । यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित भएका छन् ।


भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभाका प्रमुख सचिव तथा राज्यसभाका निर्वाचन अधिकृत महावीर प्रसाद शर्माले राजस्थान–२०२४ को राज्यसभाको द्विवार्षिक निर्वाचनका लागि तीनै सिटमा तीनै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

वास्तवमा सो राज्यसभा चुनाव २०२४ को लागि राजस्थानमा तीन सिटका लागि चुनाव हुन लागेको थियो र तीन जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेका थि ए। मंगलबार निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन थियो । कुनै पनि उम्मेदवारको नाम फिर्ता नआएपछि तीनै उम्मेदवार निर्वाचित भएका हुन् । 

आवश्यक परेमा २७ फेब्रुअरीमा मतदान हुनेवाला थियो ।


Author

थप समाचार
x