विश्व

मेसेजिङ एप सिग्नलमा अब फोन नम्बर गोप्य राख्न मिल्ने

इकागज |
फागुन ९, २०८० बुधबार १३:५७ बजे

काठमाडौँ- मेसेजिङ एप सिग्नलले मोबाइल फोन नम्बर गोप्य राख्ने सुविधा ल्याएको छ । 

यसअघि सिग्नलमा मेसेज पठाउँदा वा फोन गर्दा प्रयोगकर्ताको मोबाइल फोन नम्बर समेत देखिन्थ्यो ।


तर नयाँ सुविधा थपिएपछि सिग्नलमा प्रयोग गर्दाले फोन नम्बर गोप्य राखेर केवल आफ्नो नाममा हेर्न मिल्ने बनाउन सक्ने भएका छन् ।

गोप्य कुराकानी गर्नेका लागि सिग्नललाई निकै सुरक्षित एपको रुपमा लिने गरिएको छ । तर साइबर सुरक्षामा काम गर्ने तथा गोपनियताको वकालत गर्नेहरुले लामा समयदेखि सिग्नलमा फोन नम्बर देखिने प्रावधानलाई हटाउन माग गरिरहेका थिए ।

अब एक सिग्नल प्रयोगकर्तासँग अर्को सिग्नल प्रयोगकर्ताको फोन नम्बर भएपनि सिग्नलबाट भने खोज्न सकिने छैन ।


Author

थप समाचार
x