विश्व

स्मार्ट चस्मा बनाउने एप्पलको तयारी

इकागज |
फागुन १४, २०८० सोमबार ११:३७ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले स्मार्ट चस्मा बनाउने तयारी गरिरहेको छ ।

ब्लुमबर्गले जनाएअनुसार क्यालिफोर्नियाको कुपेरटिनोमा रहेको कम्पनीको ल्याबका इन्जिनियरहरूले स्मार्ट चस्मा बनाउनेबारे छलफल गरेका हुन् ।


मेटा प्लेफर्म्स इन्क र अमेजन डट कम इन्क झै एप्पलले स्मार्च चस्मा बनाउने तयारी गरिरहेको हो ।

उक्त चस्मामा एआई प्रणालीसँगै सेन्सर, क्यामेरा तथा अडियोको सुविधा हुने ब्लुबर्गले उल्लेख गरेको छ ।

फिटनेस रिंग (औँठी) मा समेत काम गरिरहेको एप्पलले स्मार्ट चस्मा समेत बनाएर नयाँ ग्राहकसम्म पुग्ने तथा मानिसहरूलाई एप्पलको ब्रान्डमै अल्झाउने योजना रहेको छ ।


Author

थप समाचार
x