विश्व

अब राजस्थानमा दुई सन्तान बढी हुनेले सरकारी जागिर नपाउने

इकागज |
फागुन १७, २०८० बिहीबार ९:३७ बजे

राजस्थान- सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ ।

सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाई भेदभाव नभएको बताएको छ ।


अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ । 

सर्वोच्च अदालतले पञ्चायतको चुनाव लड्न पनि यस्तै नियमलाई पनि हरियो संकेत दिएको थियो । सर्वोच्च अदालतले यो नियम नीतिको दायराभित्र आउँछ, यसमा हस्तक्षेप गर्न आवश्यक नरहेकोसमेत बताएको छ ।

सन २०१७ जनवरी २१ मा रक्षा सेवाबाट सेवानिवृत्त भएपछि रामजी लाल जाटले २५ मे २०१८ मा राजस्थान पुलिसमा राजस्थान पुलिस कन्स्टेबलको पदको लागि आवेदन दिएका थिए । उनको उम्मेदवारी राजस्थान प्रहरी मातहत सेवा नियम १९८९ को नियम २४ (४) अन्तर्गत १ जुन २००२ पछि दुईभन्दा बढी सन्तान भएको कारणले अस्वीकृत गरिएको थियो । सो नियम अनुसार उनलाई सरकारी जागिरको लागि अयोग्य ठहर गरिएको थियो ।

यी नियम अनुसार १ जुन २००२ वा पछि दुईभन्दा बढी सन्तान भएको सेवामा नियुक्तिको लागि योग्य हुने छैन भनी उल्लेख गरेको छ । अदालतले भन्यो कि अपीलकर्ताले राजस्थान प्रहरीमा हवल्दार पदमा भर्तीको लागि आवेदन दिएका थिए र यस्तो भर्ती राजस्थान पुलिस अधीनस्थ सेवा नियमद्वारा शासित रहने छ ।

पञ्चायत चुनाव लड्न योग्यताको शर्तको रूपमा समान प्रावधान पेश गरिएको थियो, जसलाई सर्वोच्च अदालतले सदर गरेको छ । त्यसपछि अदालतले दुईभन्दा बढी जीवित सन्तान भएमा उम्मेदवारलाई अयोग्य ठहराउने वर्गीकरण गैरभेदभावपूर्ण र संविधानको दायराभन्दा बाहिर नरहेको ठहर गरेको थियो । किनभने यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्द्धन गर्नु हो ।


Author

थप समाचार
x