विश्व

रूस-युक्रेन युद्धमा जर्मनीको 'प्रत्यक्ष संलग्नता' : मस्कोले लियाे जर्मन राजदूतसँग स्पष्टीकरण

इकागज |
फागुन २२, २०८० मंगलबार ७:३१ बजे

मस्को- हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक 'वायरट्याप रेकर्डिङ'ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको छ ।

त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ । अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई 'अस्थिर गर्ने प्रयास'को एक हिस्सा भन्दै अस्वीकार गरेको थियो ।


तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरूबीचको छलफल गरेको सुनिएको छ । युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रको प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएको भन्दै मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएका हुन् ।

रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेको छ । तर रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन् ।

'जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,' आरआईएले भन्यो।

सो अडियो रेकर्डिङ ३८ मिनेट लामो थियो, जुन रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो । त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए ।

सो रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए । वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेको खुलेको थियो । जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जो सन २०१४ मा रूसले कब्जा गरेको थियो ।

क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला यो अडियो लिक भएको हो । युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् ।

युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युरोपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेको छ ।

'हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनको विदेश मन्त्रालयका प्रवक्ताले भने । तर, थप कुरा उसले दिन भने अस्वीकार गरेको छ । 

तर, रूसको बिदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदूत बाहिरएको तस्बिर मस्कोले सार्वजनिक गरेको छ । 


Author

थप समाचार
x