विश्व

चीनमा आईफोनको बिक्रीमा २४ प्रतिशतको गिरावट

इकागज |
फागुन २२, २०८० मंगलबार १६:२५ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले निर्माण गर्ने आईफोनको बिक्री चीनमा २४ प्रतिशतले घटेको छ ।

काउन्टरपोइन्टले गरेको एक अध्ययनका अनुसार पछिल्लो ६ हप्तामा चीनमा आईफोनको बिक्रीमा २४ प्रतिशतको गिरावट आएको हो ।


अनुसन्धान गर्ने कम्पनी काउन्टरपोइन्टले जनाएअनुसार आईफोनले चिनियाँ मोबाइल फोन हुवावेसँग कडा चुनौतीको सामना गर्नुपरेका कारण पनि बिक्रीमा गिरावट आएको हो ।

आईफोनको बिक्रीमा गिरावट आउँदा हुवावेको बिक्री भने ६४ प्रतिशतले बढेको छ ।


Author

थप समाचार
x