विश्व

विश्वव्यापी रूपमा विद्युतीय गाडीको बिक्रीको गति सुस्त हुँदै

इकागज |
चैत १७, २०८० शनिबार ११:४६ बजे

फाइल फोटो

काठमाडौँ- विश्वव्यापी रुपमा विद्युतीय गाडी (इभी) को बिक्रीको गति सुस्त हुँदै गएको छ ।

ग्लोबल ब्रोकरेज गोल्डम्यान साक्सले विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको बिक्रीको गति सुस्त रहेको जनाएको आइएएनएसले जनाएको हो ।


गोल्डम्यान साक्सले जनाएअनुसार विद्युतीय गाडीको बिक्रीमा बृद्धि भइरहेको युरोपमा समेत सन् २०२४ को सुरुवातदेखि नै स्थिरताको संकेत देखाएको छ ।

गोल्डम्यान साक्सका अनुसार प्रयोग गरिसकेका सवारी साधनको मूल्य थोरै हुनु, कमजोर सरकारी नीति तथा द्रुत चार्जिङ स्टेशनहरूको अभावका विद्युतीय गाडीको बिक्रीमा सुस्तता आएको हो ।

विद्युतीय सवारी साधनको बिक्री सुस्त हुँदा हाइब्रिड तथा प्लग-इन-हाइब्रिड गाडीको बिक्री भने बढेको गोल्डम्यान साक्सले जनाएको छ ।


Author

थप समाचार
x