विश्व

गुगलले दक्षिण कोरियामा चुनावअघि राजनीतिक विज्ञापन बन्द गर्ने

इकागज |
चैत १८, २०८० आइतबार १४:१३ बजे

काठमाडौँ- गुगलले दक्षिण कोरियामा चुनावअघि राजनीतिक विज्ञापन बन्द गर्ने भएको छ ।

दक्षिण कोरियामा आगामी अप्रिल १० मा आम निर्वाचन हुँदैछ । त्यसअघि अप्रिल ५ र ६ तारिखमा पनि मतदान गरिने आइएएनएसले जनाएको छ ।


तर, निर्वाचनअघि गुगलले राजनीतिक विज्ञापन बन्द गर्ने निर्णय गरेको गुगलको एक श्रोतलाई उदृत गर्दै आइएएनएसले जनाएको हो ।

गुगलले युट्यूब, गुगल सर्च र गुगल प्ले स्टोरमा राजनीतिक विज्ञापन बन्द गर्ने भएको हो ।


Author

थप समाचार
x