विश्व

साओमीको विद्युतीय कारका लागि ग्राहकले करिब ७ महिना कुर्नुपर्ने

इकागज |
चैत १९, २०८० सोमबार १२:३८ बजे

काठमाडौँ- चिनियाँ स्मार्टफोन निर्माता साओमीको विद्युतीय कार खरिद गर्नका लागि ग्राहकले करिब ७ महिना कुर्नुपर्ने भएको छ ।

साओमीको कार एपमा आफ्ना विद्युतीय कार खरिद गर्नका लागि ग्राहकले करिब ७ महिना कुर्नुपर्ने भएको जनाएको रोयटर्सले उल्लेख गरेको छ ।


साओमीको विद्युतीय कारका लागि उच्च माग छ । कम्पनीले गत बिहीबारदेखि ग्राहकलाई एसयू७ तथा एसयू७ प्रो विद्युतीय कार खरिदका लागि अर्डर गर्न सक्ने जनाएको थियो ।

सुरुवाती २४ घण्टाभित्रै ८८ हजार ८ सय ९८ कार खरिदका लागि अर्डर राखिएको थियो । तर कम्पनीले सोमबार आफ्नो एपमा एसयू७ कारका लागि १८ देखि २१ हप्ता कुर्नुपर्ने जनाएको हो ।

साथै एसयू७ प्रो कारका लागि २७ देखि ३० हप्तासम्म कुर्नुपर्ने भएको छ ।


Author

थप समाचार
x