विश्व

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

इकागज |
चैत १९, २०८० सोमबार २१:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- इजराइल र प्यालेस्टिनी लडाकूहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।

उक्त सङ्ख्यामा विगत २४ घण्टामा मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । हमास लडाकूहरूले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी युद्ध सुरु गरेपछि गाजा क्षेत्रका ७५ हजार ३९२ जना घाइते भएका छन् ।


इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल, अल–शिफामा दुई हप्तादेखि जारी सुरक्षा कारबाही रोकेको केही घण्टापछि सोमबार मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो ।

'इजराइली सेनाले गरेको कारबाहीमा बिगत दुई हप्तामा अस्पताल र वरपर करिब ३०० जनाको मृत्यु भएको छ,' गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ताले सोमबार बताए । एजेन्सी


Author

थप समाचार
x