विश्व

इन्टेलले सार्वजनिक गर्‍यो नयाँ एआई एक्सेलरेटर चिप

इकागज |
चैत २८, २०८० बुधबार १२:२३ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेल कर्पले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपको नयाँ संस्करण सार्वजनिक गरेको छ ।

गाउडी ३ भनिने अपडेट गरिएको प्रोसेसर तेस्रो क्वाटरमा उपलब्ध हुने इन्टेलले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।


उक्त चिप दुई प्रमुख क्षेत्रहरूमा कार्यसम्पादन बढाउन डिजाइन गरिएको छ । यसले एआई प्रणालीहरूलाई तालिम दिन मद्दत गर्ने तथा निर्माण गरिएका सफ्टवेयर चलाउन सहयोग गर्ने जनाइएको छ ।

एआई सेवाको माग बढ्दै गएपछि टेक्नोलोजी कम्पनीहरु चिप निमार्णमा जोड दिदै आएका छन् ।


Author

थप समाचार
x