विश्व

इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ : बाइडेन

इकागज |
बैशाख १, २०८१ शनिबार १०:२६ बजे

फाइल तस्बिर

वासिंगटन डिसी- इरानले इजरायलमाथि हमला गर्न सक्ने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन् । तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।


यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति बाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढ्‌दै जाँदा ‘छिटोभन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन् ।

इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर इजरायलले त्यसलाई स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाई छ । 

अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ ।


Author

थप समाचार
x