विश्व

युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किभमाथि हत्या प्रयासको आरोप

इकागज |
बैशाख १, २०८१ शनिबार १२:५० बजे

मस्को- मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू)का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाएका छन् । 

मस्कोको उत्तरमा भएको कार विस्फोटमा उनी घाइते भएका हुन् । हत्या प्रयासमा युक्रेनी सम्लग्नता रहेको उल्लेख प्रोजोरोभलाई उद्धृत गर्दै राष्ट्रिय समाचार संस्था तासले गरेको छ ।
  
कोरोभिन्स्कोए राजमार्गमा शुक्रबार बिहान भएको गाडी विस्फोटमा प्रोजोरोभ घाइते भएका थिए भने विस्फोटमा नजिकैका धेरै कारहरू पनि क्षतिग्रस्त भएका छन् ।


सन् ११९९ देखि २०१८ सम्म, प्रोजोरोभ एसबीयूका कर्मचारी थिए । उनले आतङ्कवाद विरोधी केन्द्रको मुख्यालयमा एसबीयूको केन्द्रीय कार्यालयमा काम गरेका थिए । (सिन्ह्वा)


Author

थप समाचार
x