विश्व

मेटाले इन्स्टाग्राममा एआई-सञ्‍चालित 'सर्च बार' परीक्षण गर्दै

इकागज |
बैशाख १, २०८१ शनिबार १४:८ बजे

काठमाडौँ- सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको माउ कम्पनी मेटाले इन्स्टाग्राममा एआई-सञ्‍चालित 'सर्च बार' परीक्षण गरिरहेको छ ।

टेकक्रन्चले जनाएअनुसार मेटाले इन्स्टाग्राम 'सर्च बार' मा च्याट र सामग्री खोज दुवैको लागि मेटा एआईको प्रयोगको परीक्षण गरिरहेको हो ।


'सर्च बार' मा केही खोजी गरिए त्यसले मेटा एआईसँग डिएममा गरिएको वार्तालापमा लिएर लैजाने र त्यहाँ प्रश्न सोध्न सकिने अथवा पहिलै रहेका प्रम्प्टहरूमध्ये एक प्रयोग गर्न सकिने जनाइएको छ ।

त्यसबाहेक यसले इन्स्टाग्राममा नयाँ सामग्री पत्ता लगाउन पनि मद्दत गर्न सक्ने बताइएको छ ।


Author

थप समाचार
x