विश्व

आफ्ना नागरिकलाई इजरायल छोड्न अष्ट्रेलियाको निर्देशन

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १३:५४ बजे

काठमाडौँ - अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अष्ट्रेलिया आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो भूमिमा ड्रोन मात्र उडाएको बताएको छ ।


यो दाबीपछि अष्ट्रेलियाले इजरायलमा रहेका आफ्ना नागरिकलाई इजरायलविरुद्ध सैन्य र आतंकवादी हमलाको खतरा रहेको बताउँदै छोड्न निर्देशन दिएको हो ।अष्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ- 'हामी इजरायल र इजरायल नियन्त्रित प्यालेस्टाइनमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई देश छोड्न अपील गर्दछौं ।'


Author

थप समाचार
x