विश्व

टेस्ला कारमै सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' को सुविधा !

इकागज |
बैशाख ९, २०८१ आइतबार ११:५७ बजे

काठमाडौँ- टेस्ला कारमा चाँडै सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' को सुविधा थपिने भएको छ ।

टेस्ला कार निर्माता कम्पनी तथा सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' का मालिक एलन मस्कले आइतबार टेस्ला कारमा 'एक्स' सुविधा चाँडै उपलब्ध हुने बताएका एआईएनएसले जनाएको हो ।


सामाजिक सञ्जाल एक्समा अर्बपति मस्कलाई एक फलोअर्सले टेस्ला कारमा एक्स एप आउन सक्ने सम्भावनाको बारेमा जिज्ञासा राख्दा मस्कले चाँडै उक्त सुविधा थपिने जवाफ दिएका हुन् ।

यसको अर्थ विद्युतीय कार मालिकहरूले टेस्ला प्रयोगकर्ता इन्टरफेस (यूआई) मा सफ्टवेयर अपडेट मार्फत एक्स प्रयोग गर्न सक्षम हुनेछन् ।


Author

थप समाचार
x