विश्व

एआई प्रविधियुक्त क्यामेराले फोटोलाई कवितामा परिवर्तन गर्न सक्छ

इकागज |
बैशाख १०, २०८१ सोमबार १७:२३ बजे

काठमाडौँ- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हाम्रो वरपरको सबै चीजहरूलाई पूर्ण रूपमा वा आंशिक रूपमा असर गरिरहेको छ ।

र, चर्चामा आएको नयाँ 'पोएट्री क्यामेरा' ले तस्बिरहरूलाई कवितामा परिवर्तन गर्ने क्षमता राख्छ ।


टेकक्रन्चले जनाएअनुसार पोएट्री क्यामेरा साधारण पोलाराइड क्यामेरा जस्तै देखिए पनि यस क्यामेराले खिचेका तस्बिरहरू कवितामा परिणत हुने गरेका छन् ।

केलिन कारोलिन झाङ र र्‍यान माथेरले विकास गरेको क्यामेरा रासपेरी पाइ तथा ओपनएआईको जिपिटी-४ को सहयोगमा तस्बिरलाई कवितामा परिवर्तन गर्ने गरेको छ ।

यसले तस्बिरलाई कविताको विभिन्न विधा जस्तै सोनेट्स, मुक्तक तथा हाइकुमा परिवर्तन गर्न सक्छ ।

उक्त क्यामेरा बिक्रीका लागि बजारमा उपलब्ध नभए पनि उनीहरूले व्यावसायिक रूपमा बजारमा ल्याउने प्रयास गरिरहेका छन् । एजेन्सी


Author

थप समाचार
x