विश्व

गाजाको खान युनिस अस्पतालको सामूहिक चिहानबाट दुई सयभन्दा बढी शव फेला

इकागज |
बैशाख १०, २०८१ सोमबार १७:४० बजे

काठमाडौँ - गाजाको खान युनिसको नासेर अस्पतालबाट हालसम्म २०० जनाको शव निकालिएको छ ।​​ गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार यी शवहरूलाई सामूहिक चिहानमा गाडिएको थियो।​

हमासद्वारा सञ्चालित यो एजेन्सीले ती शवहरूलाई अस्पताल छेउ गाडिएको जनाएको छ। यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो।


एजेन्सीका अनुसार इजरायली कब्जामा केही व्यक्तिको हत्या भएको थियो भने केही शवलाई पहिले नै कब्जामा लिएको कब्रिस्तानबाट खनेर सामूहिक चिहानमा गाडिएको थियो।

इजरायलले अस्पतालमा शव फेला परेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यस मेडिकल कम्प्लेक्स वरपरको क्षेत्रमा केही हप्ताको भीषण लडाई पछि इजरायली सेनाहरू दुई हप्ता अघि खान युनिसबाट पछि हटेका थिए।

सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ।


Author

थप समाचार
x