विश्व

भारतले फिलिपिन्सलाई चौथो ब्रह्मोस मिसाइल ब्याट्री दिने

इकागज |
बैशाख ११, २०८१ मंगलबार १२:५८ बजे

काठमाडौँ- भारतले फिलिपिन्सलाई ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको चौथो ब्याट्री पठाउने भएको छ ।

दक्षिण चीन सागरमा चिनियाँ दाबीका कारण बढ्दो तनावको बीचमा भारतले फिलिपिन्सलाई ब्रह्मोस मिसाइलको चौथो ब्याट्री पठाउने भएको हिन्दुस्तान टाइम्सले जनाएको हो ।


भारतले यसअघि तीन वटा मिसाइल ब्याट्री पठाइसकेको जनाइएको छ । भारत र फिलिपिन्सबीच सन् २०२२ मा मिसाइल ब्याट्रीका लागि ३ सय ७५ मिलियन अमेरिकी डलरको सम्झौता भएको थियो ।

प्रत्येक ब्याट्रीमा चारवटा लन्चरहरू समावेश रहेको छ जसमा तीनवटा २ सय ९० किलोमिटर दूरी प्रहार गर्न सक्ने मिसाइलहरू छन् ।


Author

थप समाचार
x