विश्व

केजरीवालको न्यायिक हिरासतको समय बढ्यो

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ - भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ ।

दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो ।


यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म बढाएको थियो ।

उनलाई गत मार्च २२ मा ट्रायल कोर्टले छ दिनको हिरासतमा पठाएको थियो । त्यसपछि उनको हिरासतको समय थपिँदै आएको छ ।


Author

थप समाचार
x