विश्व

स्पेनका प्रधानमन्त्रीले आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि सार्वजनिक काम रोके

इकागज |
बैशाख १३, २०८१ बिहीबार १०:४५ बजे

काठमडौँ - स्पेनका प्रधानमन्त्रीले आफ्नी पत्नीविरुद्ध अनुसन्धान सुरु भएपछि सार्वजनिक काम बन्द गरेका छन् । 

प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्ध अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् । यस अवधिमा उनले पदमा निरन्तरता दिने कि छाड्ने भन्ने बारे विचार गर्नेछन्।


प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा भनेका छन्, 'मैले सरकारको नेतृत्व गरिरहने कि यो सम्मानित पद छाड्ने भन्ने निर्णय गर्न आवश्यक छ।' अदालतले बेगोना गोमेज विरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ।

प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले आफ्नो सम्मानको रक्षा गर्ने र अदालतमा उपस्थित हुने बताएका छन् । बेगोना गोमेज विरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गरेका थिए । जसले हालैका वर्षहरूमा धेरै उच्च प्रोफाइलविरुद्ध अदालतमा मुद्दा हालेका थिए । 

अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।


Author

थप समाचार
x