विश्व

टिकटकद्वारा एपलाई प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनमाथि रोक लगाउन मुद्दा दायर

इकागज |
बैशाख २६, २०८१ बुधबार ११:५३ बजे

काठमाडौँ- टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीले बिक्री नगरेसम्म भिडियो एपलाई प्रतिबन्ध लगाउने अमेरिकी कानूनमाथि रोक लगाउने उद्देश्यले मुद्दा दायर गरेको छ ।

दायर गरिएको मुद्दामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले उक्त कार्यलाई कम्पनी र यसका १ सय ७० मिलियन अमेरिकी प्रयोगकर्ताहरूको वाक स्वतन्त्रताको आक्रमण भएको दावी गरिएको बीबीसीले जनाएको छ ।


टिकटकले जनाएअनुसार अमेरिकाले उपायको औचित्य प्रमाणित गर्न केवल 'अनुमानित चिन्ता' राखेको दावी गर्दै अदालतलाई उक्त कानुनमाथि रोक लगाउन भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना राष्ट्रिय सुरक्षा औचित्यलाई उद्धृत गर्दै विधेयकमा हस्ताक्षर गरेका थिए ।


Author

थप समाचार
x