विश्व

स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न मस्क इन्डोनेसियामा

इकागज |
जेठ ६, २०८१ आइतबार १३:५४ बजे

काठमाडौँ- स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न एलन मस्क आइतबार इन्डोनेसियाको बाली पुगेका छन् ।

टेस्ला र स्पेशएक्सका मालिक तथा अर्बपति मस्क निजी जेटद्वारा इन्डोनेसिया पुगेका हिन्दुस्तान टाइम्सले जनाएको हो ।


मस्कले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगै डेनपासारमा सेवा सुरु गर्ने कार्यक्रम रहेको छ ।

मस्कले इन्डोनेसियाको स्वास्थ्य र शिक्षा क्षेत्रमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सम्झौतामा पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x