विश्व

हुन्डाई मोबिसले ईभी पार्ट्स, अटोमोटिभ चिप्समा लगानी विस्तार गर्ने

इकागज |
जेठ १४, २०८१ सोमबार १२:१८ बजे

काठमाडौँ- दक्षिण कोरियाको प्रमुख अटो पार्ट्स निर्माता हुन्डाई मोबिसले यो वर्ष इलेक्ट्रिक गाडी (ईभी) पार्ट्स र अटोमोटिभ चिप्समा आफ्नो लगानी बढाउने योजना बनाएको छ ।

हुन्डाई मोटर ग्रुपको अटो पार्ट्स शाखाले सिलिकन भ्यालीमा मोबिस मोबिलिटी डेको अवसरमा आफ्नो योजनाको सार्वजनिक गरेको आईएएनएसले जनाएको हो ।


अत्याधुनिक प्रविधिहरूका साथ स्टार्टअपहरूलाई प्रोत्साहन गर्न यस क्षेत्रमा स्थापना गरिएको कम्पनीको हब मोबिस भेन्चर्स सिलिकन भ्यालीका एक अधिकारी मिचेल युनले कम्पनीले सन् २०२४ मा ईभी क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने योजना बनाएको बताए ।

त्यस्ता आयोजनाहरूमा अहिलेको ५० प्रतिशतको तुलनामा तीब्र रुपमा बढेर कुल लगानीको करिब ७० प्रतिशत हुने उनले बताए ।


Author

थप समाचार
x