विश्व

मलेसियाले चिप हब बन्न ६० हजार इन्जिनियरलाई तालिम दिने

इकागज |
जेठ १६, २०८१ बुधबार १४:६ बजे

काठमाडौँ- मलेसियाले स्थानीय सेमिकन्डक्टर (अर्धचालक) क्षेत्रलाई बढाउने उदेश्यले ६० हजार उच्च-दक्ष स्थानीय इन्जिनियरहरूलाई तालिम र उच्च दक्षता प्रदान गर्ने भएको छ ।

सेमिकन साउथ-इस्ट एसियाको कार्यक्रमम बोल्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यो मलेसियाको राष्ट्रिय सेमीकन्डक्टर रणनीति (एनएसएस) को पाँच प्रमुख विशेषताहरू मध्ये एक रहेको बताएका मलायमेलले जनाएको हो ।


यसका लागि मलेसिया सरकारले ५.३३ बिलियन अमेरिकी डलर छुट्याउने इब्राहिमले बताए ।

उनले पावर चिपहरू इनर्जी ट्रान्जिसन र डिकार्बोनाइजेसन टेक्नोलोजीहरूका लागि मुख्य हुन् र मलेसियासँग पहिले नै उत्पादन गर्न चाहने कम्पनीहरूको लागि सही र प्रोत्साहन गर्ने खालका नीतिहरु रहेको जनाए ।


Author

थप समाचार
x