विश्व

भारत लोकसभा निर्वाचन : २९३ स्थानमा एनडीए अगाडि, इन्डिया गठबन्धन २३२ मा

इकागज |
जेठ २२, २०८१ मंगलबार १३:३७ बजे

काठमाडौँ- भारतको लोकसभा निर्वाचनको मत गणना जारी रहेको छ । आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनामा अहिलेसम्म एनडीए गठबन्धन अगाडि रहेको छ भने इन्डिया गठबन्धनले कडा चुनौती दिएको देखिएको छ ।

अहिलेसम्म एनडीए गठबन्धन २९३ स्थानमा अगाडि छ भने इन्डिया गठबन्धन २३२ स्थानमा अगाडी रहेको छ ।


विपक्षी गठबन्धनले सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशमा ठुलो जित हासिल गर्ने संकेत देखिएको छ । ८० लोकसभा सिट रहेको उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडी रहेको छ । जबकी २०१९ को निर्वाचनमा भाजपाले ७२ सिट जितेको थियो । यस पटक समाजवादी पार्टी ३४ र कांग्रेस ७ सिटमा अगाडि रहेको छ ।


Author

थप समाचार
x