विश्व

‘एच–५एन–२’ बर्ड फ्लूबाट सङ्क्रमितको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

इकागज |
जेठ २६, २०८१ शनिबार ७:३० बजे

जेनेभा- ‘एच–५एन–२’ बर्ड फ्लूबाट सङ्क्रमित एक व्यक्तिको धेरै कारकले मृत्यु भएको र अनुसन्धान जारी रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार बताएको छ । एच५एन२ बाट मानवमा सङ्क्रमण पहिलो पुष्टि थियो । 

डब्लुएचओले बुधबार एच–५एन–२ एभियन इन्फ्लुएन्जा भाइरसबाट सङ्क्रमणको पहिलो प्रयोगशाला–पुष्टि मानव मामिला मेक्सिकोबाट रिपोर्ट गरिएको घोषणा गरेको थियो ।


मेक्सिकोको स्वास्थ्य मन्त्रालयले ५९ वर्षीय पुरुषलाई ‘क्रोनिक मिर्गौला रोग, टाइप–२ मधुमेह र लामो समयदेखि प्रणालीगत धमनी उच्च रक्तचापको इतिहास रहेको’ जनाएको छ ।

अप्रिल १७ मा तीव्र लक्षणहरू देखा पर्नुअघि उनलाई ज्वरो आउने, सास फेर्न गाह्रो हुने, पखाला लाग्ने, वाकवाकी लाग्ने र सामान्य अस्वस्थता देखिएपछि तीन सातासम्म ओछ्यान परेका थिए । 

उनलाई अप्रिल २४ मा मेक्सिको सिटीको अस्पतालमा लगिएको थियो र सोही दिन उनको मृत्यु भयो ।

“बहु–घटकीय मृत्यु हो, एच५एन२ को कारणले मृत्यु भएको होइन”, डब्ल्युएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले शुक्रबार जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो, “बिरामी धेरै अन्य रोगहरूको बहु–कारक पृष्ठभूमिको हप्तौँपछि अस्पताल आएका थिए । उनको शरीरमा फ्लू र अन्य भाइरसहरूका लागि नियमितरूपमा परीक्षण गरिएको थियो ।”

अस्पतालमा यस मामिलाका १७ जना सम्पर्कमा आएका छन् । इन्फ्लुएन्जाको लागि सबै परीक्षण नेगेटिभ आएको छ । मानिसको बसोबास गर्ने स्थानमा पहिलाका साताहरूमा पहिले १२ सम्पर्कहरू पहिचान गरिएको थियो । सबैको परीक्षण पनि नेगेटिभ आएको छ । 

डब्लुएचओले बुधबार भाइरसको जोखिमको स्रोत हाल अज्ञात रहेको र मेक्सिकोमा कुखुरामा एच–५एन–२ भाइरसहरू रिपोर्ट गरिएको छ । (एएफपी)


Author

थप समाचार
x